होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णाली सरकारमा बीसी र शाहीलाई पठाउने कांग्रेसको निर्णय
समाचार

कर्णाली सरकारमा बीसी र शाहीलाई पठाउने कांग्रेसको निर्णय

  • नागरिक रैबार
कर्णाली सरकारमा बीसी र शाहीलाई पठाउने कांग्रेसको निर्णय

२३ माघ, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्रीका लागि दुई जनाको नाम टुंगो लगाएको छ ।

मुख्यमन्त्री एवं संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेतका यज्ञबहादुर बीसी र दैलेखका हिमबहादुर शाहीलाई मन्त्री बनाउन लागेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बिसी शाही संस्थापन समूहका हुन् । उनीहर”सँगै शेखर कोइराला समूहबाट जुम्लाका दिनबन्धु श्रेष्ठ पनि दावेदार थिए । उनी माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारमा जलस्रोत तथा उर्जा विकासमन्त्री बनेका थिए । बीसी पनि शाही सकरारमा सामाजिक विकासमन्त्री थिए ।

विज्ञापन

अहिले मन्त्री बन्न लागेका शाही, संसदीय दलका सचेतक पनि हुन् । ‘मैले त सकेसम्म एकजना महिला सांसदलाई पालो दिने सोचेको थिए । तर, सबैकुरा मेरो सोच मुताविक नहुने रै’छ,’ मुख्यमन्त्री शाहीले अनलाइनखबरसँग भने ।

आइतबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने मुख्यमन्त्री शाहीको तयारी छ र शाही सरकारमा माओवादी केन्द्रबाट जाजरकोटमा गाणेशप्रसाद सिंह र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) मन्त्री बन्ने छन् ।

एकीकृत सामाजवादीबाट पदमबहादुर रोकायालाई मन्त्री बनाउन लागेको छ । यद्यपि, उनको नाम सिफारिस भएको छैन ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार