होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देउवा र प्रचण्डको सल्लाहमै ओलीलाई बालुवाटार बोलावट
समाचार

देउवा र प्रचण्डको सल्लाहमै ओलीलाई बालुवाटार बोलावट

  • नागरिक रैबार
देउवा र प्रचण्डको सल्लाहमै ओलीलाई बालुवाटार बोलावट

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सल्लाहमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा बोलाइएको खुलासा भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारेको बहस पेचिलो भइरहेका बेला प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई आइतबार चार बजे छलफलका लागि बोलाएका हुन् ।

त्यसअघि आइतबार बिहान नौ बजे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । देउवा र प्रचण्डबीचको भेटवार्तामा एमसीसीबारे छलफल भएको थियो । प्रचण्डसँगको छलफलमा प्रधानमन्त्री देउवाले आगामी आगामी माघ २६ गते बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्न जोड दिएका थिए ।

जवाफमा प्रचण्डले एमसीसीमा सहमति जुटि नसकेको भन्दै केही दिन पर्खन सुझाव दिएका थिए । देउवासँगको छलफलमा प्रचण्डले बरु प्रमुख प्रतिपक्षसँग पनि छलफल गरेर अघि बढ्दा उपयुक्त हुने धारणा राखेका थिए । देउवा प्रचण्डको यो कुराकानीपछि देउवाले तत्काल ओलीलाई फोन गरेर बालुवाटारमा चार बजे छलफलका लागि बोलाएका थिए । यसैबीच एमसीसी बोर्डलाई देउवा र प्रचण्डले गत असोजमा लेखेको पत्र र बोर्डले पठाएको जवाफीपत्रका बारेमा देउवा प्रचण्डबीच कुनै नोकझोक नभएको प्रचण्डको सचिवालयले जनाएको छ । पत्र सार्वजनिक भएपछि प्रचण्डले एकतर्फी पत्र सार्वजनिक गरेको भन्दै देउवासँग असन्तुष्टि जनाएका खवर सार्वजनिक भएका थिए ।

विज्ञापन

‘कुनै नोकझोक भएको होइन र उहाँहरूबीच विहान टेलिफोन नभई भेटवार्ता नै भएको हो’, प्रचण्डको सचिवालयले भन्यो, ‘एमसीसीको पत्र सर्वजनिक भएपछि माओवादीमा तरंग सिर्जना भएको भनाई पनि सत्य होइन ।’ प्रचण्डको सचिवालयले पत्रमा देउवा र प्रचण्डको हस्ताक्षर भएको पत्र एमसीसी पारित गर्ने भनेर नभई सहमति जुटाउने भनिएको दावी समेत गरेको छ ।

पत्रबारे प्रस्ट पार्दै प्रचण्डको सचिवालयले आजै विज्ञप्ति जारी गर्ने तयारी गरेको समेत बुझिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार