नागरिक रैबार बाजुरा २२ पुस । नेपाली काँग्रेस बाजुराको तेस्रो बैठक सम्पन भएको छ । नेपाली काँग्रेस बाजुराका पाटी सभापती रामसिंह रावलको अध्यक्षतामा बसेको बैठक विपी स्मृती भवनमा संचालन गरी सम्पन भएको कार्यालय सचिव टेक बहादुर रोकायाले बताएका छन् । बिहिबार बसेको तेस्रो बैठकले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय सभापती लगाएत पदाधिकारीहरुलाई बधाई दिने निर्णय गरिएको कार्यालय सचिव रोकायाले किनारा न्युउजलाई जानकारि दिए ।
कार्यालय सचिव रोकायाका अनुशार सुुदुरप्रश्चिम प्रदेश सभापती लगाएत पदाधिकारी र बाजुरा जिल्लाबाट निर्वाचित केन्द्रिय सहमहामन्त्री बद्री प्रशाद पाण्डे , सदस्य विद्या तिमिल्सेना , प्रदेश सदस्य धनराज पण्डित , पदम बहादुर शाही र राधिका सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने निणर्य गरेको बताएका छन् । त्यस्तै नेपाली काँग्रेस बाजुरालाई बलियो र एक ढिक्का बनाउनका लागी विज्ञ टोलीद्धारा प्रशिक्षण दिने नेपाली काग्रेस जिल्ला कार्यसमिती बाजुराले जनाएको छ ।
जिल्लाका ९ ओटै पालिकामा विज्ञ टोली खटाएर प्रशिक्षण दिने बताइएको छ । प्रशिक्षण दिनका लागी बिर बहादुर कटुवाल , विरेन्द्र रावल, रतन बहादुर एडी जगतजम बम , नहकुल जोशी , स्तीर देवकोट खटाइने निर्णय गरिएको कार्यालय सचिव रोकायाले बताएका छन् । पाटी सभापती रामसिंह रावलको अध्यक्षतामा बसेको बैठकमा जिल्ला कार्यसमितीका पधादिकारी लगाएत सदस्यहरुको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु