होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बद्री पाण्डेले जनमतबाट नभई बुथ कव्जा गरेर चुनाव जितेका हुन् : कर्ण थापा
समाचार

बद्री पाण्डेले जनमतबाट नभई बुथ कव्जा गरेर चुनाव जितेका हुन् : कर्ण थापा

  • नागरिक रैबार
बद्री पाण्डेले जनमतबाट नभई बुथ कव्जा गरेर चुनाव जितेका हुन् : कर्ण थापा

नागरिक रैबार/बाजुरा १९ मंसिर। नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बाजुरामा बद्रि पाण्डेले जनताको जनमतबाट नभई गुण्डागर्दीबाट बुथ कव्जा गरेर चुनाव जितेकाे आराेप लगाएका छन् ।
साेमबार केपि बा स्पाेर्ट्स क्लव बाजुराले आयाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै थापाले भने पाण्डेले बाजुरामा चुनाव जित्नकै लागि राज्य शक्तिकाे चरम दूरूपयाेग समेत गरेर चुनाव जितेकाे आराेप लगाएका हुन्।
बाजुरा जिल्लाको इतिहासमा कहिल्यै नभएको क्रुर अमानविय हत्या गरेर यसपालिकाे निर्वाचनमा काँग्रेसले १७ वटा मतदान केन्द्रमा बुथ कब्जा गरी निर्वाचन जितेको उनकाे भनाई थियाे ।
बाजुरामा कांग्रेसले एमालेका १० हजार मतदाताहरूलाई आफ्नाे मताधिकारबाट बन्चित गराएकाे नेता थापाले दावि गरेका छन् ।
बाजुरामा अहिलेसम्मका चुनावहरूमा जे जति घटना भएका छन् ती सवै काँग्रेसकै षड्यन्त्रका कारण भएका छन् नेता थापाले भने ।
निर्वाचनमा नेकपा एमालेलाई मतदान गर्ने सबै मतदाताहरु, पार्टीलाई जिताउनका लागि ज्यानको बाजीलगाएर खट्ने नेता तथा कार्यकर्ताहरु र निर्वाचनमा इमानका साथ कामगर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई उनले धन्यावाद दिएका छन् ।
जनताको विश्वास प्राप्त गरेरे नै आफू याे स्थानमा आईपुगेकाेले जनतालाई सही कुरा बुझाएर, संगठित गरेर विशाल पार्टी निर्माण गर्न याे चुनावले थप सफलता मिलेको उनले बताए । आफ्नै लक्ष्य, नीतिविचार र संगठनको बलमा नेपाली जनताले विश्वास गरेको पार्टी एमाले हो भन्ने कुरा यस निर्वाचनबाट सिद्ध भएको उनकाे भनाई छ।
नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार समेत रहेका नेता थापाले बाजुरामा निर्वाचनकाे यस परिस्थितिमा नेकपा एमालेको सम्पूर्ण पार्टीपंतिले आफुभित्र बस्तुनिष्ट आत्मसमीक्षा गर्दै एकतावद्ध भई उत्साहका साथ अगाडि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार