होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पैसाबाहेक अरू केही पनि नसोच्नेहरूका हातमा सरकार पुग्याे : ओली
समाचार

पैसाबाहेक अरू केही पनि नसोच्नेहरूका हातमा सरकार पुग्याे : ओली

  • नागरिक रैबार
पैसाबाहेक अरू केही पनि नसोच्नेहरूका हातमा सरकार पुग्याे : ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसाबाहेक अरू केही पनि नसोच्नेहरूको हातमा सरकार पुगेको टिप्पणी गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आज आइतवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘पैसाबाहेक अरू नसोच्नेहरूका हातमा सरकार पुगेकाे छ । यस्ताे अवस्थामा केकाे वातावरण ? त्यो सबै कुरा टुङ्गियो । यी कुरा अहिलेका सरकारका मान्छेहरूलाई मलाई थाहा छैन । वातावरण विनाशको डिलमा पुग्न लागेको छ । यसबारेमा सरकारकाे केही रूचि छ कि छैन, ज्ञान छ कि छैन ?’

अध्यक्ष ओलीले नेपालको हिमालले वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई अगाडि बढाउन वर्तमान सरकार सक्षम नभएको बताउनुभयो । उहाँले वातावरणीय प्रश्नमा नेपालको हिमाल महत्त्वपूर्ण रहेको विषयमा आफूले सरकारमा रहँदा विश्वका नेताहरूसँग संवाद गरेको उल्लेख गर्दै त्यसको महत्त्व दर्शाउनका लागि अन्तर्राष्ट्रियस्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको पनि स्मरण गराउनुभयो । तर त्यो सन् २०२० मा कोभिडका कारण अघि बढ्न नसकेको र त्यसपछि अघि बढाउन खोज्दा सरकारबाट हट्नुपरेको अध्यक्ष ओलीको भनाइ थियो ।

विज्ञापन

अध्यक्ष ओलीले वातावरण संरक्षणका लागि वनको भन्दा पनि हिमालको भूमिका महत्त्वपूर्ण हुने भएकाले विश्व नेताहरूले नेपालको हिमालबारे चर्चा गर्नु अति आवश्यक रहेको तर्क गर्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार