होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउँदैनौं : आरजु
समाचार

कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउँदैनौं : आरजु

  • नागरिक रैबार
कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउँदैनौं : आरजु

डेलधुरा । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले कांग्रेसका मेयर नभएको ठाउँमा आफूहरुले पैसा नै नपठाउने बताएकी छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा केही दिनअघि ३१ करोड रुपैयाँ बजेट पारेको प्रशंग निकाल्दै उनले भनिन्, ‘जहाँ कांग्रेसको मेयर नै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं, त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरुलाई भोट नहाल्नुस् ।’

कांग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल पक्ष नेपाली कांग्रेस वीपीको नाममा करुवा चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा छ । मल्लले नेकपा एमालेसँग तालमेल गरेका छन् ।

विज्ञापन

मल्ललाई संकेत गर्दै राणाले भनिन्, ‘करुवाको नेता को हो ? मलाई पनि थाहा छैन । गुण्डालाई उठाएर म करुवा पार्टी भनेर तपाईंले पत्याउने ? पहिला चप्पल लगाउन पैसा नहुने विदेशमा घुम्छन । टिकटक बनाउँछन्।’

उनले मल्ल पक्षलाई निलो स्यालसँग तुलना गर्दै कथा पनि सुनाइन् ।

एकादेशमा एउटा स्याल थियो । एकदिन कुखुरा चोरी खान पाइन्छ कि भनेर गाउँतिर लागेछ । एउटा घरछेउ ठूलो ड्रममा नीलो रंग घोलेर राखेको रहेछ । ऊ दुर्घटनावश त्यो ड्रममा पसेछ । बाहिर निस्कँदा पूरै नीलो भएछ र त्यत्तिकै जंगलतिर लागेछ ।

जंगलमा पुगेर उसले आफू विषेश प्रजातीको बाघ हुँ भन्दै बाघको बथानमा बसेछ ।

तर, एक दिन ज‌ंगलमा स्याल कराएको आवाज आएछ । नीलो स्याल पनि आफ्नो जातीय विशेषताअनुसार चूप बस्न सकेनछ र ठूलो स्वरले कराएछ, जसले गर्दा बाघका सामू सबै पोल खुलेछ ।

मल्ल पक्ष यस्तै निलो स्याल भएको राणाको भनाइ थियो ।

कांग्रेस सभापति देउवाकै गृह जिल्ला डडेलधुरामा कांग्रेसमा किचलो बढेपछि मतदाता रिझाउन राणा बुधबार डडेलधुरा आइपुगेकी हुन् । त्यस लगत्तै बसपार्कमा भएको सभामा उनले  विगतको तुलनामा डडेलधुरामा धेरै विकास भएको र यो सबै विकास देउवाले गरेको दाबी पनि गरिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि