होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीको चुनावीसभामा ‘माइक’ले धोका दियो, सर्प आएर हैरान
समाचार

ओलीको चुनावीसभामा ‘माइक’ले धोका दियो, सर्प आएर हैरान

  • नागरिक रैबार
ओलीको चुनावीसभामा ‘माइक’ले धोका दियो, सर्प आएर हैरान

धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैगर्दा ‘माइक’ को व्यवस्था राम्रो नभएको गुनासो गरेका छन्। माइकले साथ नदिएपछि सम्बोधन छोट्याएका ओलीले भने, ‘माइकले विल्कुलै काम गरिराखेको छैन, अर्को पटकदेखि माइकको राम्रो व्यवस्था हुनुपर्छ।’

सम्बोधनका क्रममा ओलीले आमसभामा उपस्थित कार्यकर्ता तथा जनसमुदायलाई भोट दिने तरिका पनि सिकाए। उनले भोट दिने तरिका सिकाइरहँदा सभास्थलमा सर्प निस्किएपछि केहीबेर हो–हल्ला भयो। भाषण गरिरहेका ओलीले होहल्लालाई एमालेको पक्षमा नाराबाजी भएको सम्झिए। उनले भने, ‘मैले बोलिसकेपछि नारा लगाउनु न साथी हो।’

तर, मञ्चमै रहेका एमालेका स्थानीय नेता–कार्यकर्ताले ‘सर्प आएको हो’ भनेपछि ओलीले आफ्नो सम्बोधन केहीबेर रोकेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि