नागरिक रैबार/बाजुरा २२ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बाजुरामा ६ सय ७५ जना म्यादी प्रहरी छनोट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराले मंगलबार साँझ म्यादी प्रहरी छनोटको अन्तिम नामावली प्रकाशन गरेको छ । प्रहरीका अनुसार म्यादी प्रहरीमा ५२५ पूरुष र १२५ महिला छनोट गरिएका छन् ।
६ सय ७५ जनाको कोटामा बाजुरामा १६ सय ४७ जनाले आवेदन दिएका थिए । म्यादीको छनोट गएको मंगलबार बाट सूरु गरिएको थियो ।
म्यादी प्रहरीको लागि दरखास्त दिएका उम्मेदवारहरुको स्वास्थ्य परिक्षण तथा शारीरीक तन्दुरुस्ती परिक्षा, १ किलोमिटर दौड, सेटअफ र पुसअप त्यस्तै प्रारम्भिक स्वास्थ्य परिक्षण तथा शारीरिक, लिखित र अन्तरवार्ता गरेर छनोट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यस्तै बैकल्पिकमा १०३ जना पुरुष र ३० जना महिला छनोट भएका छन् । म्यादी प्रहरीको लागि छनौट भएकाहरुलाई एक हप्ताको तालिम पछि बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि खटाइने भएको छ । म्यादी प्रहरीले प्रहरी जवान सरहको सेवा सुविधा पाउने भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु