होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दिवा खाजामा अनियमितता गरेको आरोपमा हेडमास्टर पक्राउ
समाचार

दिवा खाजामा अनियमितता गरेको आरोपमा हेडमास्टर पक्राउ

  • नागरिक रैबार
दिवा खाजामा अनियमितता गरेको आरोपमा हेडमास्टर पक्राउ

विद्यालयको दिवा खाजामा अनियमितता गरेको भन्दै सिरहा औरही गाउँपालिकाका आधारभूत विद्यालय खजनपुरका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको नेतृत्वमा गएको टोलीले सो स्कुलका प्रधानाध्यापक उमेन्द्रकुमार यादवलाई पक्राउ गरेको छ ।

निर्वाचन सम्बन्धी अनुगमनमा गएको बेला विद्यालयमा विद्यार्थीहरूलाई बिस्कुट र चाउचाउ खुवाएको देखेपछि बुझ्न जाँदा अनियमितता गरेको फेला परेको प्रजिअ कवारीले बताए । दिवा खाजाका लागि सरकारले रकम दिएको तर विद्यालयले विद्यार्थीलाई चाउचाउ र बिस्कुट खुवाएर अनियमितता गरेको उनले बताए । उनले भने, ‘हेडमास्टरलाई समातेर ल्याएका छौँ, अहिले उहाँलाई प्रहरी चौकीमा राखिएको छ, स्कूलका अध्यक्षलाई दिवा खाजाको सबै हिसाब किताब लिएर आउन भनेका छौँ । सबै कागजात आएपछि छानबिन गरेर मात्र उहाँलाई छाडिनेछ ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार