काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि आचासंहिता कार्यान्वयनमा प्रतिबद्ध रहेको भन्दै दलका नेताहरूले आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
मंगलबार निर्वाचन आयोगले निर्वाचनमा सहभागी हुने दलका नेताहरूलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न बोलाएको थियो । छलफलमा नबोलाई हस्ताक्षर गर्न मात्रै बोलाइएको भन्दै साना दलहरूले विरोध पनि जनाएका थिए ।
छलफलका लागि पुनः बोलाउने प्रतिबद्धता जनाएपछि हस्ताक्षर गरिएको नेमकिपाका सांसद प्रेम सुवालले जानकारी दिए । आयोगले दलका गुनासो सुन्नुपर्ने उनको भनाइ छ ।
स्थानीय निर्वाचनमा ७९ दलले भाग लिँदै छन् ।
फेसबुक प्रतिक्रियाहरु