होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेसका सातै तहमा परिचालन र प्रचार समिति
समाचार

कांग्रेसका सातै तहमा परिचालन र प्रचार समिति

  • नागरिक रैबार
कांग्रेसका सातै तहमा परिचालन र प्रचार समिति

काठमाडौँ — कांग्रेसले पार्टीको सातवटै तहमा स्थानीय तह निर्वाचनका लागि परिचालन र प्रचारप्रसार समिति गठन गर्ने भएको छ । केन्द्रीय स्तरमा गठन भएका परिचालन र प्रचारप्रसार समितिले मातहत निकायलाई समिति गठन गर्न निर्देशन दिएका हुन् ।

केन्द्रीयस्तरमा उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति, महामन्त्री गगन थापाको संयोजकत्वमा घोषणापत्र तयारी समिति र प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएका छन् । खड्काको संयोजकत्वमा ५६ सदस्यीय र महतको संयोजकत्वमा ६८ सदस्यीय समिति बनेका छन् ।

थापा संयोजकत्वको समिति भने विस्तार गरिएको छैन । खड्का संयोजकत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशलगायत विभिन्न तहका सभापतिको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्न निर्देशन दिएको छ । कांग्रेसमा केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा गरी ७ तहका संरचना छन् ।

विज्ञापन

अब सबै तहमा निर्वाचन परिचालन समिति गठन हुने केन्द्रीय सदस्य एवं केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य नैनसिंह महरले बताए । समितिले विधानको व्यवस्थाबमोजिम संसदीय समिति, कार्यसम्पादन समिति र अनुशासन समिति गठन गर्न मातहतका कार्यसमितिलाई निर्देशन दिएको छ । पार्टी विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र समितिहरू गठन गरिसक्नुपर्ने भए पनि स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै यस्तो निर्देशन दिइएको महरले बताए ।

महानगरपालिका प्रमुख–उपप्रमुखको केन्द्रीय संसदीय समितिले, उपमहानगर र नगरपालिका प्रमुख–उपप्रमुखको प्रदेश संसदीय समितिले, गाउँपालिका प्रमुख–उपप्रमुखको जिल्ला संसदीय समितिले र वडाध्यक्ष तथा सदस्यको प्रतिनिधिसभा क्षेत्र संसदीय समितिले उम्मेदवारको निर्णय गर्छन् । विधानको धारा ३३ (१२) मा कुनै पनि तहको प्रत्यक्षतर्फको मनोनयन दर्ता हुने मितिभन्दा एक महिनापूर्व उम्मेदवारको अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख छ । निर्वाचन आयोगले वैशाख ११ र १२ मनोनयन दर्ता गर्ने मिति तय गरे पनि अहिलेसम्म सबै तहमा संसदीय समिति बन्न सकेका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार