होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सत्ता गठबन्धनका नेताहरु नै जनतामा जान डराए : नेम्वाङ
समाचार

सत्ता गठबन्धनका नेताहरु नै जनतामा जान डराए : नेम्वाङ

  • नागरिक रैबार
सत्ता गठबन्धनका नेताहरु नै जनतामा जान डराए : नेम्वाङ

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सत्ता गठबन्धनलाई दुषितको संज्ञा दिएका छन्।प्रेस चौतारी नेपालको संयुक्त प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको सरकार छ। यो गठबन्धन दुषित गठबन्धन हो। जतिबेला गठबन्धन बन्यो त्यतिबेला दल विभाजन नै भइसकेको थिएन।’ उनले गठबन्धनका नेताहरु नै जनतामा जान डराएको बताए।

नेम्वाङले भने, ‘भरसक जनतामा जाने मिति पर सार्छन्। तपाई हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं। तर, अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ। यो सरकार डिफंग अवस्थामा छ।’

केही नेताहरु स्थानीय तहको निर्वाचन पछि सार्ने खेलमा लागेको उनले आरोप लगाए। उनले भने, ‘केही साथीहरु जनतामा जान डराएका छन्। जनताले निर्णय दिन्छन्, दुधका दुध पानीका पानी।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि