नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटि सो डान्स च्याम्पियनमा सुदूरपश्चिमकी सुनिता पोख्रेल फाइनलमा प्रवेश गरेकी छन् ।कैलालीको बर्दगोरिया गाउँपालिका ६ बिशालनगरकि सुनिता पोख्रेल डान्स च्याम्पियनको फाइनलमा पुगेकी हुन् ।
डान्स च्याम्पियनमा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी रहेकी सुनिता सुबर्शिकाको ग्रुपबाट फाइनलमा डान्सको उपाधीका लागि प्रतिस्पर्धा गर्दै छन् । उनको ग्रुपमा वर्षा फुयाल र रोशीका रावतले साथ दिदै आएकी छन् र उनी तीनैको ग्रुपको नाम सुबर्शिका रहेको छ ।
कैलालीबाट तीन जनाको ग्रुपबाट डान्स च्याम्पियनमा सहभागी भएकी सुनिता मेघा अडिसनमा अन्य दुई प्रतिस्पर्धी सोमा नआएपछी सुरुको एपिसोडमा एकलै प्रस्तुति दिएकी सुनितापछि सुबर्शिका सुनिता पोख्रेल, वर्षा फुयाल र रोशीका रावतले प्रस्तुति दिदै आएकी छन् । उनीहरुको ग्रुपले उत्कृष्ट ५ सम्मका एपिसोडमा उत्कृष्ट प्रस्तुति दिदै आएका छन् ।
सुनिता बर्दगोरियाको महुन्याल मावीमा प्राविधिक तर्फ कक्षा ११ मा कम्प्युटर इन्जिनियर अध्ययनरत विद्यार्थी हुन् । सानै देखि नृत्यमा धेरै रुचि राख्दै आएकी सुनिता स्थानीयमै हिपप डान्स हाउसमा डान्स कक्षा लिएर लगातार एक बर्ष देखि सिक्दै आएकि थिईन । कैलालीबाट डान्स च्याम्पियनमा सहभागी हुँदै अहिले सुनिता पोख्रेल फाइनलमा पुग्न सफल भएकी छन् ।
उनलाई उत्कृष्ट ३ मा पुर्याउन भोटिङको अति आवश्यकता रहेको छ । च्याम्पियन राम्रो प्रस्तुति दिएर दर्शक र जज मन जित्न सफल भएकी छन् । उनलाई भोटिङ्ग गर्न मोबाइलको एसएमएसमा गई DCN स्पेस 12 टाइप गरी 33001 मा Send गर्न सकिन्छ । यस्तै IME PAY एपबाट पनि सुनिता पोखरेललाई भोट गर्न सकिनेछ । फाइनलको भोटका लागि मंगलबार राती १२ बजेसम्म भोट गर्न सकिने छ । डान्स च्याम्पियनमादर्शकको अत्यधिक भोट पाएर उपाधी जित्ने बिश्वास गरेकी छन् ।
शो बिहिबार र शुक्रबार ९ः०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । फाइनल शुक्रबार हुने भएको छ । डान्स च्याम्पियनका निर्णायकहरुमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहनु भएको छ । डान्स च्याम्पियन कार्यक्रमको प्रस्तोताको रुपमा उमेश राइ (फुलन्देकी आमा) रहनुभएको छ । डान्स च्याम्पियन २५ लाख रुपैयाँ धनराशी पुरस्कार रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु