नागरिक रैबार/बाजुरा १८ मसिर । बाजुरा प्रदेश (ख) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका पदम बहादुर शाही बिजयी भएका छन । कुल ३९हजार १ सय अन्ठाउन्न मत खसेको निर्वाचन क्षेत्र २ (ख) मा मतगणनाको प्रारम्भिक चरण बाटै अग्रता कायम गर्नुभएका शाहीले २०हजार १ सय १९ मत प्राप्त गरि विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७हजार ५सय २१मत प्राप्त गर्नुभएको छ।शाही र थापा बिचको मतान्तर दुई हजार पाँच सय ९८ रहेको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हिमाल शाहिले भने एक सय ५५मत प्राप्त गर्नुभएको छ।प्रदेश निर्वाचन क्षेत्र(ख) मा नेपाली कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादी बिच गठबन्धन भएको थियो। निकटतम प्रतिद्वन्द्वी लाल बहादुर थापा २०७४को चुनावमा प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो।
प्रतिनिधि सभा एक र प्रदेश सभा दुई रहेको बाजुरामा प्रदेश सभा-१ (क) मा एकीकृत समाजवादीका नरेश कुमार शाही यस अघि नै विजयी भइसक्नु भएको छ भने प्रतिनिधि सभामा कांग्रेसका बद्री प्रसाद पाण्डेले अग्रता कायमै राख्नु भएको छ।
फेसबुक प्रतिक्रियाहरु