होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, माघ २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दलहरुमा गैरराजनीतिक चरित्र देखियो : माधव नेपाल
समाचार

दलहरुमा गैरराजनीतिक चरित्र देखियो : माधव नेपाल

  • नागरिक रैबार
दलहरुमा गैरराजनीतिक चरित्र देखियो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरुमा गैराराजनीतिक चरित्र हावी भएको बताएका छन् । आइतबार काठमाडौमा ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तरक्रियामा बोल्दै उनले गैरराजनीतिक चरित्र हावी भएकै कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको स्रोत साधन उत्पादनमुलक क्षेत्रमा लगानी नगरेर, रेल, भ्यु टावर तथा पानीजहाज जस्ता कुरामा लगानी गरेको बताए ।

‘राजनीतिक दलहरुमा गैरराजनीतिक चरित्र हावी भएको छ । क्रान्तिकारी वर्ग दृष्टिकोण छँदैछैन । जनता, राष्ट्र र समाजप्रतिको जिम्मेवारीबोधको भावना नै छैन’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘देशप्रतिको भावना, जनताप्रतिको समर्पणभाव, लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको आत्मसातीकरणबारे आत्मचिन्तन गर्नुपर्ने आवश्यकता छ ।’

उनले दुरगामी चिन्तन राख्ने काम सर्वहारा वर्गको भएको भन्दै त्यसको अगुवा दस्ता कम्युनिस्ट पार्टीका नेताहरु हुनुपर्ने पनि बताए । ‘कम्युनिस्टहरुले दुरगामी चेत राखेर चल्नुपर्ने, यथार्थको धरातलमा उभिन सक्ने लगानी र प्रतिफलको हिसाबकिताब गर्न सक्नुपर्छ’अध्यक्ष नेपालको भनाइ छ । उनले मार्क्सवाद भनेको माला जप्ने सिद्धान्त नभएको भन्दै सत्य र तथ्यमा आधारित भएको बताए ।

विज्ञापन

अध्यक्ष नेपालले समाजवादको नेपाली मोडल उत्पादन र वितरणको पक्षलाई हेर्नुपर्ने बताए । ‘उत्पादनलाई मात्रै हेरियो भने पूर्वी जर्मनीको हालत हुन्छ । पूर्वी जर्मनीमा दोस्रो विश्वयुद्धको गाडी चढ्ने त्यहाँ । पश्चिम जर्मनीमा मोर्डन कार चढ्ने, त्यसको प्रत्यक्ष प्रभाव पर्यो पछौटे उत्पादन सम्बन्धमा दर्ज हुनपुग्यो पूर्वी जर्मनी’, नेपालको भनाइ छ ।

त्यसैगरी रुसमा साम्यवादको ठुला कुरा गरिएको तर त्यसका आधारहरु विद्यमान नभएका, चीनमा पनि माओत्सेतुङले कल्चर रेभुलेसन भन्दा पहिले कम्युनिको व्यवस्था गरेको भन्दै संसारका अनुभवहरुलाई पनि राम्ररी समीक्षा गर्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार