होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लोकसेवाको परीक्षामा नाम र रोेल नम्बर लेख्ने सुदूरपश्चिमका ७ सहित २१ जनालाई कारबाही
समाचार

लोकसेवाको परीक्षामा नाम र रोेल नम्बर लेख्ने सुदूरपश्चिमका ७ सहित २१ जनालाई कारबाही

  • नागरिक रैबार
लोकसेवाको परीक्षामा नाम र रोेल नम्बर लेख्ने सुदूरपश्चिमका ७ सहित २१ जनालाई कारबाही

धनगढी: कर्णाली प्रदेश लोकसेवा आयोगको कार्यालय सुर्खेतले गत जेठ २१ गते लिएको परीक्षामा बदमासी गर्ने २१ जनालाई कारबाही गरिएको छ। उत्तरपुस्तिकामा आफ्नो नाम र फोन नम्बर लेख्ने सुदूरपश्चिमका सातसहित २१ जना परिक्षार्थी कारबाहीमा परेका हुन्।

आयोगद्वारा जारी विज्ञप्तिमा प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्बर ५०३९५०६÷०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौँ तह र सवइन्जिनियर पदका लागि २०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो। सो परीक्षामा रोल नम्बर ३३९० सोरु गाउँपालिका–१ मुगुका राजेन्द्र शाहीले उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेका छन्। शाहीलाई दुई वर्ष आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ।

अन्य २० जनाले भित्रि पृष्ठमा नाम र रोल नम्बर लेखेको आयोगले जनाएको छ। जसमध्ये सुदूरपश्चिम प्रदेशको बझाङका रामबहादुर चौहान मल्ल, डम्बरबहादुर धामी, नरेन्द्र अवस्थी, डडेल्धुराका भुवनचन्द्र जोशी, सुरेश ताम्राकार, बैतडीका प्रदिप भट्ट र कैलालीका राहुल कठरियालाई १ वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ। सोही अनुसार अन्यलाई कारबाही गरिएको छ।

विज्ञापन

प्रदेश लोकसेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ’ख’ बमोजिम उनीहरूलाई कारबाही गर्ने निणर्य गरेको हो।
 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार