नागरिक रैबार/ बाजुरा १९ साउन । पर्यटन विकासकाे मुख्य अाधार,स्वच्छ र सरसफाइयुक्त मार्तडी बजार भन्ने मुल नारालाइ भ्रमण बर्ष २०७९ को अवसरमा आज मार्तडी बजारमा सर सफाई गरेकाे छ। बडिमालिका नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय बाजुरा ,नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सराेकारवालाकाे सहकार्यमा सर सफाईमा गरिएकाे हाे।
बडीमालिका यात्रा वर्ष २०७९ लाई सफल पार्न मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्न वडा नं.८ स्थित बडिमालिका मन्दिर देखि वडा नं. ९ हाट बजार वरपर रहेकाे फोहोरलाइ व्यवस्थापन गरी आज सरसफाई गरेकाे बडीमालिका नगरपालिले जनाएकाे छ ।
सदरमुकामको मार्तडी बजारलाई सफा र स्वच्छ बनाउने गरी आज सदरमुकाम मार्तडी बजार प्रवेश गर्ने मुख्य राजमार्ग सडक छेउछाउमा वर्खाकाे समयमा फोहोर जम्मा हने र सडकमा जथाभावि फालेको प्लाष्टिक जन्य फोहोर लाइ टिपरमा राखेर सरसफाई गरेको छ ।
बडीमालिका नगरपालिकाकाे आयोजनामा आज सूरु गरिएको सरसफाई कार्यक्रममा नगरपालिकाका कर्मचारीहरु, प्रहरी ,नेपाली सेना र सशस्त्र प्रहरी बल विधायार्थिका पनि सहभागि रहेकाे थिए ।
फेसबुक प्रतिक्रियाहरु