होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्याउ टिप्न हतार नगर्न किसानलाई कृषि ज्ञान केन्द्र बाजुराको आग्रह
समाचार

स्याउ टिप्न हतार नगर्न किसानलाई कृषि ज्ञान केन्द्र बाजुराको आग्रह

  • नागरिक रैबार
स्याउ टिप्न हतार नगर्न किसानलाई कृषि ज्ञान केन्द्र बाजुराको आग्रह

नागरिक रैबार/ १९ साउन बाजुरा ।  बाजुराका  स्याउ उत्पादक केही कृषकहरुले काँचै स्याउ टिपेर बजारमा बेच्न थालेका छन् । हिजो आज जिल्लाका माथिल्ला क्षेत्रका स–साना बजार र फाटफूट सदरमुकाम मार्तडीमा समेत कृषकहरुले स्याउ टिप्ने बेला नहुँदै स्याउ टिपेर बेच्न थालेका छन् । काँचै स्याउ टिपेर बजारमा ल्याएर बेचेको देखेपछि कृषि ज्ञान केन्द्र बाजुराले स्याउँ टिप्न हतार नगर्न कृषकलाई आग्रह गरेको छ । कृषकहरुले स्याउ टिप्न हतार गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताएका छन् ।

 बाजुराको स्याउ राम्रोसंग पाक्ने अर्थात रस र स्वाद भरिएर मिठो भदाै महिनाकाे १५ देखि २० गतेपछि हुने भएकाले अहिले नै स्याउ टिपेर बेच्न हतार नगर्न कृषकलाई  कृषि ज्ञान केन्द्र बाजुराले अनुरोध गरेकाे छ । बर्षादका कारण यातायातको सुविधा पनि नभएको र स्याउ टिप्ने समय समेत भएको छैन् त्यसैले स्याउ टिप्न हतार नगर्न अनुरोध गरिन्छ कृषि ज्ञान केन्द बाजुराले सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै भनेको छ ।

विगत वर्ष झै कृषि ज्ञान केन्द्र बाजुराले यस वर्षपनि समूह तथा सहकारी मार्फत स्याउ ढुवानी गर्ने व्यवस्था मिलाउने भएको छ । कृष ज्ञान केन्द्र कृषकको स्याउ ढुवानी अनुदानमा सहयोग गर्ने भएको हो ।

विज्ञापन

त्यस्तै प्याकिङका लागि पनि कार्टुन पनि उपलब्ध गरानका लागि प्रक्रिया सुरु भईसकेको बताईएको छ । काँचो र चुकिलो स्याउ बेच्न हतार गरेर स्याउको गुणस्तर घटाउन र बजार विगार्ने काम नगर्न स्याउ उत्पादन कृषकलाई कृषि ज्ञान केन्द्र बाजुराले आग्रह गरेको छ ।

बाजुरामा १७० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुने गरेको छ । भने करिब १०२० मेक्ट्रिटन स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका, बुढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिकामा धेरै स्याउ फल्ने स्थानीय तह हुन् । त्यस्तै बडीमालिका नगरपालिका गौमुल गाउँपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा केही वर्ष अगाडीदेखि स्याउ खेती सुरु गरेर फाटफुट फल्न थालेको छ ।

स्याउ बारीमै कुहिएर खेर जाने डरले अहिले नै स्याउ बेच्न थालिएको एक कृषकले बताएका छन् । स्याउ राम्रोसंग पाकेपछि समयमा बजार नपाउने र झर्ने तथा कुहिएर खेर जाने डरले हतार गरेर बेच्न थालेको मार्तडीमा स्याउ बेच्न आउने कृषकरु बताउन्छन् ।

बारीमा लटरम्म फलेको स्याउ बजारका उपभोक्ता समक्ष कसरी लैजाने भनेर किसानहरु चिन्ता परेका छन् । यातायातको सुविधा नहुँदा हरेक वर्ष स्याउ बारीमै कुहिने गरेको छ । यो वर्ष पनि सडक अवरुद्ध हुँदा स्याउ ढुवानीमा सास्ती हुने देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार