होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बालकले लगाउने कपडाको टाँक नै सुनको भेटिएपछि…
समाचार

बालकले लगाउने कपडाको टाँक नै सुनको भेटिएपछि…

  • नागरिक रैबार
बालकले लगाउने कपडाको टाँक नै सुनको भेटिएपछि…

धनगढीः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन्। सोमबार बिहान ११ बजेट दुबईबाट काठमाडौं आएका सुमन दमाई अवैध सुनसहित पक्राउ परेका हुन्।

उनले बोकेको लगेजभित्र राखिएको नाबालकले लगाउने सिङ्गल पिस पोसाक ५ थानको टाँकभित्र लुकाइछिपाई राखिएको ६० वटा सुनका रिङ् फेला परेको हो। नियन्त्रणमा लिइएको सुनको तौल करिब १२५ ग्राम रहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। उनी भिजिट भिसामा त्यहाँ गएका थिए। तर काम नपाएपछि उनी घर फर्किएका हुन्।

नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहारको रूपमा उक्त पोसाकहरू नेपालसम्म पुर्‍याइदिन अनुरोध गरेकाले ल्याएको उनले बताएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि