होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मेरो त भविष्य नै समाप्त हुन्छ: नायिका मिरुना
समाचार

मेरो त भविष्य नै समाप्त हुन्छ: नायिका मिरुना

  • नागरिक रैबार
मेरो त भविष्य नै समाप्त हुन्छ: नायिका मिरुना

काठमाडौँ — नायिका मिरुना लामाले आफ्नो भविष्यनै समाप्त हुने बताएकी छन् । यता फुर्पा तामाङले आफूले गल्ती नगरे पनि गल्ती स्वीकार गर्दै मिलापत्रमा हस्ताक्षर गर्न बाध्य भएको दाबी गरेका छन् । भिडियो कुराकानीमा फुर्वाले हिरोइन मिरुनाले आफूसँग आफ्नो गल्ती देखिएमा करियर बिग्रने र फिल्म पनि नचल्ने भन्दै रोएपछि उल्टो आफैले गल्ती स्विकारेको बताएका छन् ।

सामाजिक सञ्जालमा शुक्रबारबाट भाइरल भिडियो संवादमा फुर्वाले हिरोइन मिरुना र फिल्म टिमप्रतिको दयाका कारण बाहिर जनमानसलाई देखाउनका लागि आफैँले क्षमा मागेको बताएका छन् ।

मिरुनाले आफूलाई जोगाइदिनु भनेर रोएपछि मात्र आफूले गल्ती स्वीकारेको फुर्पाको दाबी छ । उनले मिलापत्र कागजमा एक–अर्काको गलत बुझाइका कारण घटना भएको लेख्न खोजिए पनि नायिका मगरले आफ्नो करियर सकिने भन्दै बिलौना गरेपछि आफूले गल्ती स्वीकारेको बताएका छन् ।

विज्ञापन

‘‘हामीले लेख्न खोजेको एक अर्काले ‘मिस अन्डरस्ट्यान्ड’ भनेर लेख्न खोजेको थियो । यसैमा माफी माग्ने भनेको थियो । अनि हिरोनीले मानेन। मेरो जिन्दगी सिनेमा हो, मलाई मान्छेले मार्छ यो अक्षर चाहिँ म आफूलाई बचाउनका लागि हो भन्यो हामीलाई । उहाँ रोई राथ्यो ।

पछि आधा घण्टा त्यही शब्दमा अड्केर बस्यो सबै । १५ मिनेट पछाडि हामी मिलेको खबर आएन भने फिलिम बन्द गर्ने कुरा आयो रे । छिटो गरौँ न त छिटो भनेपछि हामीले पनि अलिकति मायाजस्तो लाग्यो । केही हुँदैन होला भनेर त्यसमा साइन गर्‍यो । उनीहरूले पनि फिलिम चलाउनुपर्ने । गल्ती भनेर हुन्छ नि त उहाँलाई बचाउनलाई आफैँ गल्ती भएको भनेँ।’’ फुर्पाले भनेका छन् ।

फुर्पाले आफूले मिरुनामाथि कुनै दुर्व्यवहार नगरेको दाबी गरेका छन्। फिल्म हेरेर निस्किने बेलामा अरू दर्शकले ‘सेलिब्रेटी’ आएको भनेपछि आफू त्यतैतिर गएको फुर्पाको भनाई छ ।

मिरुनासँग सेल्फी खिच्न जाँदा भिडमा कसैले धकेलेका कारण उनलाई छोइएको उनले स्विकारेका छन्। आफ्नो हातले मिरुनालाई छोइएपछि उनले थप्पड हानेको र भिडसँग डराएर आफूले माफी मागेको उनले भिडियोमा दाबी गरेका छन् ।

फिल्म हलबाहिर आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरुनाले फुर्पालाई थप्पड हानेर माफी माग्न लगाएकी थिइन् । साथै उनले फुर्पालाई प्रहरीमा बुझाएकी थिइन् । दुई दिन हिरासतमा बसेर तीन हजार धरौटीमा छुटेलगतै १७ जेठमा मिरुनाले मिलापत्र गरेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि