होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • होटलमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा रोक
समाचार

होटलमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा रोक

  • नागरिक रैबार
होटलमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा रोक

होटल एशोसिएशन नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताएका छन् । शनिवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष शाहले यस्तो बताएका हुन् । हानले यही जेठ १८ गतेबाट होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्ने अभियान सञ्चलन गरेको थियो । जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लाष्टिकका कारण भएको भन्दै उनले प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने लक्ष्यका साथ यो अभियान थालेको बताए । उपाध्यक्ष शाहले जेठ १८ गतेबाट ‘नो टू प्लाष्टिक’ भन्ने नारासहित अभियान सञ्चालन गरेको बताए । उनले २०२४ सम्ममा होटलमा आउनेहरुलाई प्लाष्टिकजन्य वस्तु बेगर सेवा दिने काम सफल गर्ने लक्ष्य रहेको बताए ।

उनले भने, ‘पहिलो कुरा जुन क्लाइमेट चेन्जको असर छ, त्यसमा प्लाष्टिकको रोल धेरै देखियो । त्यो धेरै लामो समयसम्म माटोमा बसिराख्ने । त्यसले गर्दा हाम्रो राज्यप्रति, जनता, समाजप्रति होटल क्षेत्रको जुन जिम्मेवारी हो । प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने, भएकोले कोभिडको २ वर्षमा राम्रो व्यापार हुन नसकेकाले के नयाँ गर्ने भनेर यसमा सोचेका थियौँ । हामीले होटलका रुमहरुलाई प्लाष्टिक फ्रि गर्ने, होटलका रुमलाई प्लाष्टिकजन्य सामानहरूबाट नयाँ विकल्प ल्याउने भन्नेमा हामी अघि बढ्यौँ । हामीले जेठ १८ गतेबाट नो टू प्लाष्टिक भन्ने नारासहित हामीले यो काम शुरु गरेका छौँ । यसमा हामीले डिसेम्बर २४, २ वर्षभित्रमा हानका सदस्यहरुले यो नियम पालना गरेर होटलमा आउनेहरुलाई प्लाष्टिकजन्य वस्तु बेगर सेवा दिने भन्ने अभियान शुरु गरेका छौँ ।’

उनले भने, ‘प्लाष्टिक भन्दा प्राकृतिक कुराहरु केही मात्रामा महंगो हुन्छ तर होटलहरूका लागि सुरुवाती चरण हो यो । लङट्रममा फाइदा हुन्छ । शुरुमा ग्राहकलाई न्यूनतम हुने सम्म के गर्न सक्छौँ त्यो गर्नेछौँ । सामानहरु बजारमा उपलब्ध छ । सेवा क्षेत्र भएकोले गुणस्तर सर्वोपरि नै हुन्छ । प्लाष्टिक फ्रि सामानहरु पनि टेस्टेड, क्वालिटी सर्टिफिकेशन भएका हुन्छन् ।’

विज्ञापन

उपाध्यक्ष शाहले प्लाष्टिक भन्दा प्राकृतिक कुराहरु केही मात्रामा महंगो भएपनि यसले धेरै फाइदा गर्ने बताए । उनले ग्राहकलाई न्यूनतम हुने गरेर होटलका कोठामा प्राकृतिक कुराहरूको प्रयोगमा जोड दिने बताए । उनले प्लाष्टिक फ्रि सामानहरु पनि टेस्टेड, क्वालिटी सर्टिफिकेशन भएको हुने बताए । प्लाष्टिकजन्य पदार्थको अत्याधिक प्रयोगका कारण पर्यटकीय गन्तव्य तथा हिमाली क्षेत्रहरुमा जलवायु परिवर्तनको असर अत्याधिक बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार