होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • थाइल्यान्ड ओपन बक्सिङ : पुनम रावलको पदक पक्का
समाचार

थाइल्यान्ड ओपन बक्सिङ : पुनम रावलको पदक पक्का

  • नागरिक रैबार
थाइल्यान्ड ओपन बक्सिङ : पुनम रावलको पदक पक्का

थाइल्यान्डको फुकेटमा सञ्चालन भइरहेको थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपको आइतबार भएको पुरुष ६३ केजी तौल समूहमा नेपालका भुपेन्द्र थापा भियतनामका भू ताहना दत्तसँग अंकको आधारमा पराजित भएका छन्।

अब प्रतियोगितामा चार नेपाली महिला खेलाडीको खेल बाँकी रहेको छ।पुनम रावलले बाइ पाएर सेमिफाइनलमा प्रवेश गर्दै कास्य पदक पक्का गरेकी छन्।

पुनमले अप्रिल ५ मा हुने सिंगापुर र फिलिपिन्सबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछिन्।नेपालकी सुस्मा तामाङ र इटालीकी रोबेरता बोनात्तीबीच आज क्वाटरफाइनलको प्रतिस्पर्धा हुँदैछ।

विज्ञापन

महिला ५१ केजीमा नेपालकी मिनु गुरुङ पनि बाई पाएर क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। अप्रिल ५ मा मिनुको प्रतिस्पर्धा थाइल्यान्ड र भारतबीचको खेलको विजेतासँग हुनेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार