होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्कटल्याण्ड विरुद्धको खेल स्थगित गर्न युक्रेनको आग्रह
समाचार

स्कटल्याण्ड विरुद्धको खेल स्थगित गर्न युक्रेनको आग्रह

  • नागरिक रैबार
स्कटल्याण्ड विरुद्धको खेल स्थगित गर्न युक्रेनको आग्रह

काठमाडौं । युक्रेनले विश्वकप छनोटको स्कटल्याण्डविरुद्ध हुने प्ले अफ सेमिफाइनल खेल स्थगित गर्न आग्रह गरेको छ ।

युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय छ । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनमा हाल फुटबल गतिविधि बन्द गरिएको छ ।

स्कटल्याण्ड र युक्रेनबीच हुने खेलको विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने तालिका छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले युएईएफए र स्कटल्याण्डसँग छलफल गरेर यसबारे उचित निर्णय लिने जनाएको छ ।

विज्ञापन

युक्रेनको अनुरोधको पुष्टि गर्दै, एक प्रवक्ताले थपे, ‘फिफाले युक्रेनमा भइरहेको घटनाबाट प्रभावित सबैलाई आफ्नो ऐक्यबद्धता व्यक्त गर्दछ र समयमै थप अपडेट प्रदान गरिनेछ ।’

यसै हप्ताको सुरुमा स्कटिश एफए अध्यक्ष रोड पेट्रीले आफ्नो युक्रेनी समकक्षीलाई सन्देश लेख्दै ‘संघर्षको बीचमा फुटबल अप्रासंगिक छ’ भनेका थिए । पेट्रीले ‘समर्थन, मित्रता र एकताको सन्देश पठाउन’ समेत लेखेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै