होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मागेर देश चल्छ भन्नेका छोराछोरी अमेरिका गइसके : गगन थापा
समाचार

मागेर देश चल्छ भन्नेका छोराछोरी अमेरिका गइसके : गगन थापा

  • नागरिक रैबार
मागेर देश चल्छ भन्नेका छोराछोरी अमेरिका गइसके : गगन थापा

कास्की। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘विदेशी राष्ट्रसँग अनुदान मागेर देश चल्छ’ भन्नेहरुका लागि जवाफ दिएका छन् । शुक्रबार कास्कीमा कांग्रेसद्वारा आयोजित कार्यक्रममा महामन्त्री थापाले ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अमेरिका गइसकेको’ जवाफ दिए ।

गत फागुन गते बसेको संघीय संसद्को रोष्टममा उभिएर थापाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) व्याख्यात्मक घोषणसहित पारित गर्नुअघि उनले आफ्नो विचार प्रस्तुत गर्दा अमेरिकालगायत जुनसुकै देशले अनुदान दिए पनि स्वीकार गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिपछि विदेशी राष्ट्रबाट मागेर नेपाल चल्छ भन्दै थापाको चौतर्फी आलोचना गरिएको थियो। शुक्रबार यसतर्फ संकेत गर्दै थापाले ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अमेरिका गइसकेको’ बताए ।

विज्ञापन

उनले भने, ‘मुठ्ठी कस्दै एउटा मण्डले आएर गफ दिन्छ–मागेर देश चल्छ ? मागेर अस्पताल बनाउने ? गिरिजाबाबुले माले, मण्डले र मसाले एकै हुन् त्यसै भनेको होइन। उनीहरू उत्तेजनाको राजनीति गर्छन्।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार