होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मा राजनीति
समाज

बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मा राजनीति

आफन्त र कार्यकर्ता छनोट

  • नागरिक रैबार
बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मा राजनीति

नागरिक रैबार/बाजुरा २० फागुन। बाजुरामा प्रधानमन्त्री रोजगार कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले राजनीतिक आस्थाका आधारमा छनोट गर्ने गरेका पाइएको छ। जनप्रतिनिधिले आफन्त र पार्टीप्रति आस्था राख्नेलाई मात्र छनोट गर्दा वास्तविक गरिबहरू भने बञ्चित हुँदै आएका छन्। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूची तयार पार्दा यथार्थ गरिबलाई छनोट नगरी शिक्षक कर्मचारी र ठेकेदारका परिवारलाई वडाका जनप्रतिनिधिहरूले छनोट गरेको स्थानीयको गुनासो छ। सो गाउँपालिका–६ का जनप्रतिनिधि तथा कर्मचारीले यथार्थ गरिबलाई नभइ आस्था र आफन्तको आधारमा शिक्षक, ठेकेदारका परिवारलाई गरिबको सूचीमा राखेर छनोट गरेको स्थानीय राइभान धामीले बताए।

‘जनप्रतिनिधि र कर्मचारीले गरिबहरूलाई छनोट नगरी जागिरवाला र पावरवालाका आफन्तलाई छनोट गरेका छन्। गरिबहरूका लागि काम गरेर खाने वातावरण नै छैन,’ उनले भने। खप्तड छेडेदह गाउँपालिकामा–६, आटिचौरका वास्तविक गरिबभन्दा धेरै जसो शिक्षक र उनका परिवारभित्रका सदस्य छनोट भएका छन्। मष्टेश्वरी मावि डोगडीका प्रधानाध्यापक मंगल धामीकी श्रीमती सिर्जना धामी पनि रोजगार कार्यक्रमका लागि छनोट भएकी छन्। त्यस्तै, ब्रह्मदेव निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश नाथकी श्रीमती लक्ष्मीदेवी नाथको नाम पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको सूचीमा छ। ब्रह्मदेव निम्न माध्यमिक विद्यालयका शिक्षक गोरे नाथकी श्रीमती नामसरा नाथ, शिक्षक अर्जुन नाथकी श्रीमती चन्दकला नाथ, शिक्षक चन्द नाथका छोरा सन्तोष नाथ, शिक्षक सारा नाथका श्रीमान् गोरे नाथ योगी, शिक्षक सत्यदेवी नाथका श्रीमान् नन्द नाथ योगी पनि रोजगार कार्यक्रममा छनोट भएका छन्। उनीहरू अहिले कार्यक्रमअन्तर्गत काम गरिरहेका छन्।

गाउँपालिकामा कार्यरत पोषण संयोजक शेरबहादुर बुढाकी श्रीमती मना बुढा, सोही वडा कार्यलयमा कार्यरत लेखापाल शंकर नाथकी श्रीमती पार्वती कुमारी गिरी पनि रोजगार छनोट कार्यक्रममा परेका छन्। त्यस्तै, ठेकेदार बुद्ध बुढाकी आमा माता बुढा पनि रोजगार कार्यक्रममा परेकी छन्। यथार्थ गरिब तथा रोजगारीका लागि भौतारिरहेका मानिसलाई रोजगारीबाट बञ्चित गरी शिक्षक तथा पालिकाका कर्मचारीका परिवारका सदस्यलाई मात्र रोजगार कार्यक्रममा दिएको पाइएको आटिचौरका स्थानीय सन्तोष नाथले बताए।

विज्ञापन

वडाध्यक्ष कुम्भ नाथले आफ्ना कार्यकर्तालाई मात्र रोजगारमा छनोट गरेको भन्दै स्थानीय आक्रोशित भएका छन्। वडाध्यक्ष नाथले एकपक्षीय ढंगले रोजगारमा छनोट गरेको स्थानीय लालवीर नाथको गुनासो छ। प्रधानमन्त्री रोजगार कार्यक्रममा पहिला र पछि छनोटमा परेकाको सूची माग्दा नपाएको पनि उनले बताए। वडाध्यक्ष नाथ र खप्तड छेडेदह गाउँपालिका रोजगार संयोजक लोकराज जोशीले सूची नै गायव गरेको स्थानीयले गुनासो गरेका छन्। दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार