होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसीले माओवादीमा विवाद : केन्द्रीय समितिको बैठक सुरु
समाचार

एमसीसीले माओवादीमा विवाद : केन्द्रीय समितिको बैठक सुरु

  • नागरिक रैबार
एमसीसीले माओवादीमा विवाद : केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ — अमेरिकाको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयमा पार्टीभित्र विवाद भइरहेको समयमा नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने विषयमा नेता नारायणकाजी श्रेष्ठ र उनी पक्षधर नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् । एमसीसी सम्झौता अनुमोदनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका नेता नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहालले ‘आफ्नो बाटो लागे हुन्छ’ भनेपछि पूर्वएकता केन्द्र समूह आक्रोशित भएको छ ।

राष्ट्रिय सभा गृहमा भइरहेको शुक्रबारको केन्द्रीय समिति बैठकमा सम्झौता अनुमोदनकै विषयमा बहस चर्किने सम्भावना देखिएको छ । एमसीसी सम्झौता अनुमोदनमा दाहालको भूमिकाप्रति असन्तुष्ट नेता श्रेष्ठको समूहले वैकल्पिक पार्टी निर्माणसम्मको विकल्पमा छलफल गरिरहेको छ । एमसीसीमा राष्ट्रघात भएको तर्क उक्त समूहको छ ।

विज्ञापन

माओवादीले पुसमा महाधिवेशन गरेपछि अहिलेसम्म पदाधिकारी छनोट गर्न सकेको छैन । पुष्पकमल दाहाल पुन: अध्यक्षमा निर्वाचित भएपछि १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, १ कोषाध्यक्ष छनोट भएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार