मार्तडी काे बजार अनि बाउलि सम्झियर
जहिले रून्छ प्रदेशि मन घर सम्झियर ……
भन्यहरू भन्छन मलाई
भग्यमानि रैछस…
हाँसाे उठ्छ यस्ताे सुन्दा
अाफ्नै खप्पर सम्झियर…..
मार्तडी काे बजार अनि बाउलि सम्झियर
जहिले रून्छ प्रदेशि मन घर सम्झियर …
शरीर पनि सुक्याे अाधा दुब्लाउदै गयकाे छु
तिर्न नसकिने,बैंक काे ब्याज दर सम्झियर ….
हाँसाे उठ्छ यस्ताे सुन्दा
अाफ्नै खप्पर सम्झियर …..
मन मा तिताे स्वाद चाखि
सधै भरि प्रदेश मा
बाँच्नु पर्छ अाफ्नै मुटु पथ्थर सम्झियर ..
घर घडेरि बन्धक राखि
अायकाे छु प्रदेश मा
जिन्दगी लाई सङ्घर्ष काे
सफर सम्झियर …
मार्तडी काे बजार अनि बाउलि सम्झियर
जहिले रून्छ प्रदेशि मन
घर सम्झियर
जहिले रून्छ प्रदेशि मन घर सम्झियर ……
धर्म रावल हाल यूराेप काे खाडि राेमानिया
फेसबुक प्रतिक्रियाहरु