होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादी बैठक : एजेण्डामै परेन एमसीसी
समाचार

माओवादी बैठक : एजेण्डामै परेन एमसीसी

  • नागरिक रैबार
माओवादी बैठक : एजेण्डामै परेन एमसीसी

काठमाडौं । आइतबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे बहस नहुने भएको छ ।

१२ बुँदे ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएपछि नारायणकाजी श्रेष्ठसहितका नेताहरुले असन्तुष्टि जनाएका छन् । श्रेष्ठ समूहमा छुट्टै पार्टी बनाउने विषयमा समेत छलफल हुन थालेपछि प्रचण्डले स्थानीय चुनावपछि २० जेठमा केन्द्रीय कमिटी बैठक बोलाउने, एमसीसीबारे बहस गर्ने र फरक मत आए तल्लो तहसम्म लगेर छलफल गर्न दिने सहमति गरेका थिए ।

२० जेठको बैठक पटकपटक सर्दै आइतबारदेखि सुरु भएको छ । तर एमसीसीबारे बहस एजेण्डामा नै परेन । प्रचण्डले ९ बुँदे एजेण्डा अघि सारेका छन्, जसमा चुनावको समीक्षा, संगठनात्मक विषय आदि छन् ।

विज्ञापन

स्रोतका अनुसार प्रचण्डले श्रेष्ठ समूहका नेतारुलाई एमसीसीबारे अलि पछाडि छलफल गरौंला भन्ने आश्वासन दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै