



नागरिक रैबार/बाजुरा २० जेठ । नेपाल राष्ट्रिय शिक्षक संघठन बाजुराले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरूलाइ सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
शुक्रबार सदरमुकाम मार्तडीमा एक कार्यक्रमका विच नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ बधाई तथा सम्मान गर्नुका साथै जिल्लामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अन्तरक्रिया कार्यक्रम गर्दै बधाइ तथा सम्मान गरेको हो ।
नेपाल राष्ट्रिय शिक्षक संघठनका जिल्ला अध्यक्ष राम बहादुर रावलको अध्यक्षतामा गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संघठनका सुदुरपश्चि प्रदेश ईन्चार्ज तुला बहादुर थापा रहेका थिए त्यस्तै विशिष्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष भरत बुढा र सचिव भरत थापा रहेका थिए। कार्यक्रम सञ्चालन नेपाल संघठनका जिल्ला सचिव धन ब. रावलले गरेका थिए।





फेसबुक प्रतिक्रियाहरु