होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री देउवा वाराणसीमा
समाचार

प्रधानमन्त्री देउवा वाराणसीमा

  • नागरिक रैबार
प्रधानमन्त्री देउवा वाराणसीमा

वाराणसी : भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी आइपुगेका छन्। उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेश राज्यका उच्च अधिकारीहरूले स्वागत गरेका थिए।

यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ। साथै प्रधानमन्त्री देउवाले यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नेछन्।

त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए। प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन् भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार