होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसीविरुद्व मोर्चा बनाउँदै विप्लव, भीम रावल भेट्न टोखा पुगे
समाचार

एमसीसीविरुद्व मोर्चा बनाउँदै विप्लव, भीम रावल भेट्न टोखा पुगे

  • नागरिक रैबार
एमसीसीविरुद्व मोर्चा बनाउँदै विप्लव, भीम रावल भेट्न टोखा पुगे

काठमाडौं, फागुन १९ । नेकपा (एमाले) का नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ। नेता रावलको निवास टोखामा आज बिहान उनीहरुबीच भेटघाट भएको हो।

महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथ रावललाई भेट्न टोखा पुगेका हुन् । भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

विप्लवले बुधबार माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका नेता झलनाथ खनाललगायतलाई भेटेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार