होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ३२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बिहेको सपना देखाएर भारतमा बेचिन्छन् सुदूरपश्चिमका चेलीबेटी
समाज

बिहेको सपना देखाएर भारतमा बेचिन्छन् सुदूरपश्चिमका चेलीबेटी

  • नागरिक रैबार
बिहेको सपना देखाएर भारतमा बेचिन्छन् सुदूरपश्चिमका चेलीबेटी

धनगढीः कैलालीकी १७ वर्षीया विवाहित युवती श्रीमानको कुटाई सहन नसकेर माइतीको सरणमा पुगिन्। माइतीले भने श्रीमानसँगै बस्न भने। नभए अर्को विवाह गर्न निरन्तर दबाब दिइरहे। माइती पक्षको दोस्रो विवाह गर्ने दबाब र श्रीमानको कुटाई सहन नसकेर कष्टकर जीवन विताइरहेकी ती युवती दलालको फन्दामा परिन्। सीमा पारी गौरीफन्टा बसेका ती दलालको विवाह प्रलोभनमा परेकी महिलालाई सीमा कटाउने प्रयास भने सफल हुन सकेन।

कैलालीकै १६ वर्षीया एक किशोरीकी आमा अर्को विवाह गरेर बेपत्ता भइन्। किशोरीसँग रहेका बुवाले सधै रक्सी खाएर कुटपिट गर्न थालेपछि उनीपनि दलालको प्रलोभनमा परिन्। गौरीफन्टा नाका हुँदै सीमा कटाउने तयारी भइरहेको बेला माइती नेपाल कैलालीले ती किशोरीको उद्दार गरेको थियो। अहिले ती दुवै १६ वर्षीया किशोरी र १७ वर्षीया विवाहित महिला माइती नेपालको संरक्षणमा छन्।

चालु आर्थिक वर्षको माघ १९ गतेसम्म विवाह र रोजगारीको प्रलोभन देखाएर मानव तस्करहरुले सीमा कटाइरहेको अवस्थामा सीमा क्षेत्रबाटै ७३ महिलाहरुको उद्धार गरिएको माइती नेपाल कैलालीका प्रमुख शिवशरण चौधरीले बताए। ‘कलिलो उमेरका किशोरीहरुलाई आर्थिक तथा विवाहको प्रलोभन देखाएर सीमा कटाउने क्रम बढेको छ, यस कार्यमा आन्तरिक रुपमा दलालहरु सक्रिय छन्’ उनले भने।

विज्ञापन

सीमा क्षेत्रमा कहिलेकाँही यस्तो समस्या देखिने गरेको भएपनि महिला बेचबिखनको विषयमा मुद्दा भने पछिल्लो समय प्रहरीमा नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए। उनले भने, ‘उमेर नपुग्दै विवाह गरेर भारत जानेहरु धेरै हुन्छन्। उनीहरुलाई सीमामा रोकेर चेकजाँच गर्ने काम हामीले पनि गर्दै आएका छौँ।’ मानव बेचविखनको विषयमा प्रहरीले पछिल्लो समय उजुरी नआएकाले त्यसलाई विकराल समस्या मान्न नसकिने उनको भनाई छ।

विवाह, आर्थिक प्रलोभन र रोजगारी उपलब्ध गराउने भन्दै गाउँका सोझा, विपन्न, विवाह गरेर समस्यामा परेका विशेषगरी १५ देखि २६ वर्ष उमेर समूहका युवतीहरुलाई दलालले खोजीखोजी सीमा कटाउने गरेको सरोकारवालाको गुनासो छ। दलालले सीमा पारी नै बसेर पीडित महिलाहरुलाई भारतको ब्याङ्लोर, मुम्बई, राजस्थान, गुजरात लगायतका सहरमा लगेर बेचविखन गर्ने गरेको पाइएको छ। सबैभन्दा बढी बालबालिका दलालको फन्दामा पर्ने गरेको तथ्यांक छ।

माइती नेपाल कैलालीले मात्र अहिले बेचबिखनबाट उद्धार गरेर २ जना किशोरीको संरक्षण गर्दै आएको छ। साथै आमाले अर्को विवाह गरेर गएपछि बिचल्लीमा परेकी ८ वर्षीया बालिका बुवाबाटै बलात्कृत भएपछि एक वर्षदेखि माइती नेपालले नै ती बालिकाको हेरचाह गर्दै आएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ हप्ता अगाडि