होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना
प्रदेश ७

सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

धनगढी: पश्चिमी न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसमविद्को भनाई छ।
आज सुदूरपश्चिम सहित लुम्बिनी, कर्णाली, गण्डकी र काग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने अनुमान गरिएको छ। आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । भोलि पनि देशभर वर्षा र हिमपातको सम्भावना छ।

भोलि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। मौसमविद्काअनुसार पर्सि शनिबार पनि केही ठाउँमा वर्षा हुनेछ। आइतबारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै