काठमाडौं । निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन् ।सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् ।
उक्त दल दर्ताको निवेदन दिनका लागि रेशम चौधरीका समर्थकहरु भृकुटीमण्डपमा भेला भएर बाजागाजा, झाँकी र चौधरीको तस्वीर अंकित प्लेकार्डसहित निर्वाचन आयोगमा पुगेको थियो । र्यालीमा चौधरीकी श्रीमतीसमेत सहभागी भएकी थिइन् ।
टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरी भने जेलमा छन् । जसपाको आधिकारिकता विवाद निरुपणको क्रममा निर्वाचन आयोगले गराएको सनाखतमा उनी तटस्थ बसेका थिए ।
फेसबुक प्रतिक्रियाहरु