नागरिक रैबार/बाजुरा १६ मंसिर।बाजुरामा प्रतिनिधि सभा तर्फको ११ हजार ३८ मत गणना भईसकेको छ । जस अनुसार अहिले नेपाली काँग्रेसका वद्री पाण्डेको पक्षमा ६ हजार ५ सय ३५ मत पाएका छन् । भने नेकपा एमालेका कर्णबहादुर थापाले ४ हजार ४ सय ४२ मत पाएका छन् । यसरी हेर्दा प्रतिनिधि सभामा काँग्रेसका पाण्डे एमालेका थापा भन्दा २ हजार १ सय १४ मतले अग्र स्थानमा देखिएका छन् ।
प्रतिनिधि सभा तर्फको ११ हजार ३८ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार रहेका टेकबहादुर बडुवालले ३९ मत पाएका छन् । त्यसैगरी राप्रपाका जंग कुमारी गिरीले २८ र जनसमाजवादी पार्टी नेपालका रामबहादुर शाहीले १५ मत पाएका छन् । ११ हजार ३८ मध्ये २ सय ३९ मत बदर भएको छ । बाजुरामा कुल ८३ हजार ५ सय ६७ मतदाता मध्ये ६० हजार १ सय ५२ मत खसेको छ ।
फेसबुक प्रतिक्रियाहरु