नागरिक रैबार/बाजुरा १८ असार। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा बाजुराले यही भदौ मसान्त भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने भएको छ ।
प्रतिष्ठानको आज सदरमुकाम मार्तडीमा बसेको पूणर् बैठकले प्रतिष्ठानको केन्द्रीय निर्देशन बमोजिम भदौ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निणर्य भएको सचिव धनबहादुर विसीले बताएका छन् ।
बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि निशान्त रोकायाको नेतृत्वमा २३ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको छ । त्यस्तै आजकै बैठकले प्रतिष्ठानले नयाँ सदस्यता वितरण र पुराना सदस्यहरुको सदस्यता नविकरण साउन महिना भित्रै गर्ने भएको छ ।
त्यस्तै बैठकले प्रतिष्ठानको पहिलो अधिवेशनपछि भए गरेका कामहरुको बारेमा समिक्षासहित आगामी दिनमा बाजुरामा प्रतिष्ठानलाई कसरी अगाडी बढाउने भन्ने बारेमा छलफल भएको थियो ।
प्रतिष्ठानले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात आएका जिल्लाका ८ वटा स्थानीय तहका जनप्रतिनिधिहरुलाई बधाई दिन सम्वन्धित पालिकामा पुग्ने योजना बनाएको छ ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष नरबहादुर विकको अध्यक्षतामा बसेको पूणर् बैठकमा प्रतिष्ठानका सुदूरपश्चि प्रदेशका कोषाध्यक्ष धिरन विक, सल्लाहकार हर्क खडायत लगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु