होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नयाँ आईजीपीको प्राथमिकतामा निर्मला पन्त हत्याकाण्ड, अनुसन्धान गरिने
समाचार

नयाँ आईजीपीको प्राथमिकतामा निर्मला पन्त हत्याकाण्ड, अनुसन्धान गरिने

  • नागरिक रैबार
नयाँ आईजीपीको प्राथमिकतामा निर्मला पन्त हत्याकाण्ड, अनुसन्धान गरिने

धनगढीः प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। उनले आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई टुंगोमा पुर्याउन प्रयास गरिने पनि बताए। आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेको बताए।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। सिंहले गलत काम गर्ने प्रहरीमाथि कारबाही सुरु गरिएको भन्दै बढुवाको हकमा मेरिट बेसमा गरिने पनि बताए। ‘तलबाट टपक्क टिपेर कसलाई पनि ल्याइँदैन। ब्याचमा बेस्ट भएका अगाडि आउँछन्’, उनले भने, ‘सोर्सफोर्सले बढुवा हुँदैन। शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिन्छ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार