होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामीकार्तिकले फोरजि सहितको टेलिफोन टावर निर्माण गर्ने
समाचार

स्वामीकार्तिकले फोरजि सहितको टेलिफोन टावर निर्माण गर्ने

  • नागरिक रैबार
स्वामीकार्तिकले फोरजि सहितको टेलिफोन टावर निर्माण गर्ने

नागरिक रैबार/बाजुरा १९ जेठ।जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले फोरजि सहितको नेपाल टेलिकमको टावर निर्माण गर्ने निर्णय गरेको छ ।

गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरु आएर पदभार ग्रहण गरेसंगै बसेको गाउँपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।
गाउँपालिकाका स्थानीयहरुलाई संचारको पहुँचमा ल्याउन फोरजि सहितको टेलिफोन टावर निर्माण गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।

गाउँपालिकाको पहिलो बैठकले भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण बातावरणमा सम्पन्न गर्ने मतदाता, सुरक्षाकर्मि, राष्ट्र सेबक कर्मचारी, म्यादी प्रहरी लगायत निर्वाचनमा खटिने सबैलाई धन्यवाद समेत दिएको छ ।

विज्ञापन

त्यसैगरी बाजुरा, हुम्ला, मुगु र कालिकोट जिल्लालाई बेस बनाई एक बहुप्राविधिक शिक्षालय खोल्न पहल गर्ने निणर्य गरेको छ । गाउँपालिकामा कृषि उत्पादन बढाउन कृषक पेन्सन योजना लागू गर्ने भएको छ ।

गाउँपालिकामा आकस्मिक बिरामी र सुत्केरी महिलालाई एम्वुलेन्स सेवा निःशूल्क बनाउने निणर्य गरेको छ । त्यस्तै गाउँपालिकामा वडा बिभाजन गर्न पहल गर्ने निणर्य समेत गरेको गाउँपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १८ घन्टा अगाडि

भर्खरै