होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणीले विद्यार्थीलाई उत्कृष्ट मेयर छात्रवृति पुरस्कार प्रदान गर्ने
समाचार

त्रिवेणीले विद्यार्थीलाई उत्कृष्ट मेयर छात्रवृति पुरस्कार प्रदान गर्ने

  • नागरिक रैबार
त्रिवेणीले विद्यार्थीलाई उत्कृष्ट मेयर छात्रवृति पुरस्कार प्रदान गर्ने

नागरिक रैबार/बाजुरा १९ जेठ। जिल्लाको त्रिवेणी नगरपालिकामा उत्कृष्ट मेयर छात्रवृति पुरस्कार प्रदान गर्ने भएको छ । त्रिवेणी नगरपालिकाको पहिलो कार्यपालिकाको बैठकबाट प्रत्येक बर्ष नगरका सामुदायिक विद्यालयबाट एसइइमा उत्कृष्ट नतिजा ल्याउने एकजना छात्र र एक जना छात्रालाइ उत्कृष्ट मेयर छात्रवृति प्रदान गर्ने नगरपालिकाले निर्णय गरेको नगरपालिकाका नगर प्रवक्ता खेमराज गिरीले बताएका छन् ।

सामुदायिक विद्यालयमा अध्ययन गरी एसइईमा उत्कृष्ट नतिजा ल्याउने एक जना छात्र र एक जना छात्रालाई प्रत्येक बर्ष छात्रवृति प्रदान गरिने प्रवक्ता गिरीले जानकारी दिनुभयो । त्यस्तै कार्यपालिकाको पहिलो बैठकबाट त्रिवेणी नगरपालिकाको सडक स्तरोन्नति पहिलो प्राथमिकतामा राखेको छ ।

नगरपालिका भित्रका चार क्षेत्रको सडक तत्काल निर्माण कार्य अगाडी बढाउने नगर प्रमुख कण थापाले बताउनु भयो । उहाँका अनुशार मौरे पन्धारा गडीगाउँ सडक, कालापानी , ताम्सु र पैमा सडक तत्काल निर्माण कार्य अगाडी बढाउने बताएका छन् । त्यस्तै यता मौरे , तोली , छतारा र चिप्लेखोला सडक स्तरोन्ती गरिने उनको भनाई छ ।

त्यसैगरी गर्भवती तथा सुत्केरी महिलाहरुको प्रसव पिडालाई मध्यनजर गरी आकस्मिक सेवाका लागी व्यवस्थापन गर्ने निर्णय गरेको छ । बुधवार कार्यापालिकाको बैठकबाट ६ वटा निर्णयहरु पारित गरिएका छन् ।
निर्णय यस्तो छ (सुचि सहित)

विज्ञापन

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १५ घन्टा अगाडि

भर्खरै