होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सेटिङमा सेयर काराेबार हुने गरेको छ : अर्थमन्त्री
समाचार

सेटिङमा सेयर काराेबार हुने गरेको छ : अर्थमन्त्री

  • नागरिक रैबार
सेटिङमा सेयर काराेबार हुने गरेको छ : अर्थमन्त्री

१८ फागुन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली सेयर बजारमा सेटिङमा काराेबार हुने गरेको बताएका छन् ।

बुधबार धिताेपत्र बाेर्ड र नेपमल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले विभिन्न अध्ययन एवं रिपोर्टले पनि यस्तो देखाएको बताए ।

सेयर बजारमा इन्साइडर ट्रेडिङ धेरै हुने गरेको भन्दै अर्थमन्त्री शर्माले यसलाई राेक्नुपर्ने बताए । अन्य देशहरूमा आज किनेर आजै बिक्री गर्न सकिने प्रणाली रहेकाे भन्दै उनले नेपाली पूँजी बजारमा पनि याे भित्र्याउन पर्ने बताए ।

विज्ञापन

११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट प्रयाेगकर्ता बजारमा रहेकाे भन्दै अर्थमन्त्री शर्माले लगानीकर्ताको हितका लागि पूँजी बजार विकास गर्नु आजकाे आवश्यकता रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार