काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले १० जना कर्मचारी माग गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले मंगलबार विभिन्न १० पदमा कर्मचारी माग गरेको हो।
एमसिए नेपालले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहयोगीसम्म विभिन्न पदमा विज्ञापन आह्वान गरेको हो। गत आइतबार एमसिसी सम्झौता संसदबाट अनुमोदन भएको थियो। सम्झौता अनुमोदन भएर कार्यान्वयनको चरणमा गएपछि कर्मचारी मागिएको हो।
फेसबुक प्रतिक्रियाहरु