होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • करणीबाट जन्मिएको शिशु हत्या गर्न लगाउने बाजुराका युवकलाई जन्मकैदको सजाय
Breaking News

करणीबाट जन्मिएको शिशु हत्या गर्न लगाउने बाजुराका युवकलाई जन्मकैदको सजाय

  • नागरिक रैबार
करणीबाट जन्मिएको शिशु हत्या गर्न लगाउने बाजुराका युवकलाई जन्मकैदको सजाय

नागरिक रैबार बाजुरा १९ माघ। हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्ने बाजुराका युवकलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ। करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको हो।

राजकुमारमाथि भाउजु नाता पर्ने युवती (परिवर्तित नाम रिंकु) बलात्कार गरेको आरोप थियो। बलात्कारपछि गर्भवती भएकी युवतीले २०६९ जेठ २७ गते शिशु जन्माएकी थिइन्। राजकुमारले बच्चा जन्मिने बित्तिकै मारिदिनु भन्दै दबाव दिँदै आएको पीडित पक्षको आरोप थियो। कुनै समस्या आए आफू जवाफदेही हुने भन्दै पटक पटक राजकुमारले दबाव दिएपछि युवतीले जन्मेको ३४ दिनमा बिषादी खुवाई आफ्नै सन्तानको हत्या गरेकी थिइन्।

उक्त मुद्दामा बाजुरा जिल्ला अदालतले राजकुमारलाई निर्दोष भन्दै सफाइ दिएको थियो। तर मंगलबार उच्च अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतवहादुर थापाको संयुक्त इजलासले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ।

यस्तै युवतीलाई चार वर्ष कैद हुने गरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय भने उच्च अदालतले सदर गरेको छ। विषादी जडिबुटी ल्याएर बालकलाई खुवाउन सहयोग गरेको आरोपमा एक महिलालाई ६ महिना कैद सजाय सुनाएको छ। शिशु हत्याका अधिकांश मुद्दाहरूमा बालक जन्माउने आमालाई मात्र दोषी ठहर गर्ने गरिएको छ। तर यसपटक उच्च अदालतले हत्या गर्न दबाब दिनेलाई समेत सजाय सुनाएको छ। दिनेश खबरबाट साभार

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार