काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेले सहज जित हात पारेका छन् । बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पाराग्वेलाई ४-० ले पराजित गरेको हो ।
ब्राजिललाई फराकिलो जित दिलाउन राफिन्हा, फिलिपे कउटिन्हो, एन्टोनी र रोड्रिगोले गोल गरे ।
राफिन्हाले २८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा ब्राजिलले तीन गोल थप्यो ।
खेलको ६२ औं मिनेटमा कउटिन्हो, ८६ औं मिनेटमा एन्टोनी र ८८ औं मिनेटमा रोड्रिगोले गोल गरेपछि ब्राजिलले सहज जित हात पारेको हो ।
फेसबुक प्रतिक्रियाहरु