उमेश रोकाया/बाजुरा १८ पुस। जिल्लाको हिमाली गाउँपालिका वडा नं. ६ पाँडीमा रहेको खोलीडाँडा आधारभुत विद्यालयमा सोलार जडान गरिएको छ ।
सौर्य उर्जाको सहयोगमा उक्त विद्यालयमा १ किलोवाट क्षेमताको सोलार जडान गरिएको हो ।यस अघि विद्युत नभएकै कारण विद्यालयमा समस्या हुने गरेको थियो । सोलार जडानपछि विद्यालयलाई सजिलो भएको प्रधानाध्यापक वीर बहादुर रावतले बताउनु भएको छ ।
कक्षा ६ देखि ८ सम्मका विद्याथीलाई लाई मध्येनजर गरी विद्यालयमा सोलार जडान गरिएपछि विद्यार्थीलाई कम्प्युटर शिक्षामा सहयोग पुग्ने विद्यार्थी सपना रावलले बताईन् ।
जिल्लाकै पिछडिएको क्षेत्रमा रहेको पाँडी गाउँमा रहेको यस विद्यालयमा सोलार जडान भएपछि विद्यार्थीलाई कम्प्युटर सम्वन्धि शिक्षा दिन सजिलो हुने विद्यालयले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु