नागरिक रैबार/बाजुरा १७ असार। बुढीगंगा नगरपालिकामा यहि असार २३ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले अगुवा कार्यक्रर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।
नेकपा एमाले बुढीगंगा नगर कमिटीको आयोजनामा गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य कणर्बहादुर थापा, केन्द्रिय सदस्य लालबहादुर थापा, प्रकाश शाह, दयालबहादुर शाही, सहदेव बोगटी र पार्टी केन्द्रिय परिसद सल्लाहकार सदस्य मिनबहादुर विष्ट र जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीले प्रशिक्षण गरेका थिए ।
असार २३ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट बुढीगंगामा उम्मेदवारी दिएका नगरप्रमुख/उपप्रमुख सहित १० वटै वडामा एमालेको बहुमत ल्याउने गरि बुढीगंगाका नेता तथा कार्यक्रर्तालाई प्रशिक्षण गरिएको एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएका छन् ।
नेकपा एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा संचालन गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य कणर्बहादुर थापा रहेका थिए ।
त्यस्तै विशिष्ट अतिथि एमाले केन्द्रिय सदस्यहरु लालबहादुर थापा, प्रकाश शाह, दयालबहादुर शाही, सहदेव बोगटी जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाही रहेका थिए । कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव भरत थापा, उपसचिव जनक बोहरा, प्रचार विभाग प्रमुख काँशी विक लगायत जिल्ला कमिटी सदस्य र बुढीगंगा नगरपालिकाका नेता कार्यक्रर्ताहरुको सहभागिता रहेको थियो ।
यस अघि बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बुढीगंगामा धाँधली भएको भन्दै निर्वाचन आयोगले बुढीगंगाका १० वटै वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । असार २३ गते निर्वाचनको मिति तय भएसंगै नेकपा एमाले बुढीगंगा नगर कमिटीले निर्वाचन केन्द्रीत पार्टीका गतिविधिहरु अगाडि बढाएको छ ।
फेसबुक प्रतिक्रियाहरु