होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जहाज दुर्घटना : मृतकको शव परीक्षण गरिँदै
समाचार

जहाज दुर्घटना : मृतकको शव परीक्षण गरिँदै

  • नागरिक रैबार
जहाज दुर्घटना : मृतकको शव परीक्षण गरिँदै

काठमाडौँ — प्रतिकूल मौसमका कारण आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटनामा परेको तारा एयरको जहाजमा मृत्यु भएकाको शव परीक्षण गर्न सुरु गरिएको छ । मृतक २२ जनाकै शवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गर्ने कार्य भइरहेको अस्पतालले जनाएको छ ।

तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका २२ जनाको शव परीक्षण गरिँदैछ ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण भइरहेको छ । अस्पतालका अनुसार अहिलेसम्म १० वटा शव परीक्षण गरिसकिएको छ । शव परीक्षण सकिएपछि एकैपटक मृतकका आफन्तलाई शव हस्तान्तरण गरिने अस्पताल व्यवस्थापनले जनाएको छ ।

आइतबार पोखराबाट उडेको उक्त ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली नागरिक, चार भारतीय नागरिक तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै