होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पोग्वाले क्लब छाड्ने म्यानचेस्टर युनाइटेडको घोषणा
समाचार

पोग्वाले क्लब छाड्ने म्यानचेस्टर युनाइटेडको घोषणा

  • नागरिक रैबार
पोग्वाले क्लब छाड्ने म्यानचेस्टर युनाइटेडको घोषणा

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले मिडफिल्डर पाउल पोग्वाले यसै महिनाको अन्तिमदेखि क्लब छाड्ने घोषणा गरेको छ । सम्झौता सकिएसँगै पोग्वा फ्रि ट्रान्सफरबाट बाहिरिनेछन् ।

२९ वर्षीय पोग्वा सन् २०१६ मा कीर्तिमानी ८९ मिलियन पाउण्डमा युभेन्टसबाट युनाइटेड फर्किएका थिए । हालै सकिएको सिजनमा चोटका कारण उनले २७ खेलमात्र खेलेका थिए ।

‘यो सामान्य अन्त्य रह्यो । तर युनाइटेडको आगमनले उनका सबै व्यक्तिगत उच्च क्षणहरु ल्याएका थिए,’ ओल्ड ट्राफोटले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘धेरै सुन्दर गोलहरु, असिस्ट र थुप्रै कौशलता ।’

विज्ञापन

पोग्वा पहिलोपल्ट सन् २००९ मा १६ वर्षको उमेरमा युनाइटेडको एकेडेमीमा भर्ना भएका थिए । उनले त्यतिबेला सन् २०११ मा युथ कपको उपाधि जितेका थिए ।

सन् २०१२ को जुलाइमा सम्झौता सकिनुअघि म्यानचेस्टर युनाइटेडको सिनियर टिमका लागि सात खेल खेलेका थिए । त्यसपछि उनी युभेन्टस पुगे । टुरिनमा रहँदा उनले लगातार चार पटक सिरी ए सहित ८ प्रमुख उपाधि जिते । त्यसपछि कीर्तिमानी मूल्यमा ओल्ड ट्राफोट फर्किएका हुन् ।

पुनरागमनपछिको पहिलो सिजनमा उनले लिग कप र युरोपा लिगको उपाधि जिते । पोग्वाले युनाइटेडका लागि २३३ खेलमा ३९ गोल गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ दिन अगाडि

भर्खरै