होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • किसान पेन्सन हावादारी कार्यक्रम हो : हृदयेश त्रिपाठी
समाचार

किसान पेन्सन हावादारी कार्यक्रम हो : हृदयेश त्रिपाठी

  • नागरिक रैबार
किसान पेन्सन हावादारी कार्यक्रम हो : हृदयेश त्रिपाठी

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले बजेटमार्फत घोषणा गरेको किसान पेन्सन कार्यक्रमलाई हावादारी भनेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा उनले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको भन्दै हावादारी कार्यक्रम भनेका हुन् ।

‘योगदानको आधारमा किसानलाई पेन्सन भनेको के हावादारी कुरा हो ?’ उनले प्रश्न गरे, ‘यदि कृषि उपजको बीमाको कुरा भएको भए कुरा बुझिन्थ्यो, पेन्सन प्राप्त गर्ने के मोडालिटी हुन्छ ? अर्थमन्त्रालयले कसले भनेर राख्दियो ?’

नेपाली किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्ने भन्दै उनले यसै वर्ष धान खेतीमा राख्ने मल अभाव हुनेतर्फ भने सरकार सचेत नरहेको बताए । सुन्निनु र मोटाउनु फरक कुरा हो भन्दै नेता त्रिपाठीले अहिलेको बजेट सुन्निएको देखिएको बताए । ‘यो जेट धेरै ठाउँमा सुन्निएको छ, सुन्निनु रोगको लक्षण हो’ उनले भने ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै