होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वृद्धभत्ता एमालेको ब्रान्ड हो, ६८ वर्ष गर्नुस् कि ५८ : पूर्वअर्थमन्त्री पाण्डे
समाचार

वृद्धभत्ता एमालेको ब्रान्ड हो, ६८ वर्ष गर्नुस् कि ५८ : पूर्वअर्थमन्त्री पाण्डे

  • नागरिक रैबार
वृद्धभत्ता एमालेको ब्रान्ड हो, ६८ वर्ष गर्नुस् कि ५८ : पूर्वअर्थमन्त्री पाण्डे
फाइल तस्बिर ।

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गरेका छन् । उनले सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा आपत्ति जनाएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले एमालेले सुरु गरेको बजेटमा अरुको दाबी नपुग्ने बताए । ‘वृद्धभत्ता ६८ वर्ष झार्‍यौं नि, जतिसुकै गरेपनि बृद्धभत्ता एमालेको ब्रान्डजस्तो हो । तपाई ६८ वर्षमा झार्नुस् कि ५८ मा, केही फरक पर्दैन,’ उनले भने, ‘जनयुद्धमा हाम्रो दाबी पुग्दैन, राष्ट्रिय मेलमिलापमा पनि हाम्रो दाबी पुग्दैन, त्यसमा कांग्रेसको दाबी पुग्छ । ठीक त्यसैगरी बृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास गर्छन्, ताली ठोक्छन् ।’

सत्तारुढ गठबन्धनले बृद्धभत्ता ५ हजार प्रतिमहिना पुर्‍याउन नसकेको पाण्डेको भनाइ थियो । उनले प्रश्न गरे, ‘प्रतिमहिना ५ हजार पुर्‍याएको भए राम्रो हुन्थ्यो, किन पुर्‍याएन ? हिजो घोषणापत्रमा लेखेको होइन ?’

विज्ञापन

बजेटले मुलुकको वर्तमान आर्थिको संकट समाधान गर्नतिर ध्यान नदिएको पाण्डेको भनाइ थियो । उनले भने, ‘संकट एकातिर छ, बजेट अर्कैतिर छ । यो बजेटले चुनाव मात्रै देख्यो, अस्ति गएको चुनाव देख्यो र आउने चुनाव मात्रै देख्यो ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार