होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बडीमालिकाका मेयर उपमेयरको टोली मत माग्न गाउँगाउँमा
समाचार

एमाले बडीमालिकाका मेयर उपमेयरको टोली मत माग्न गाउँगाउँमा

  • नागरिक रैबार
एमाले बडीमालिकाका मेयर उपमेयरको टोली मत माग्न गाउँगाउँमा

नागरिक रैबार/बाजुरा १८ बैशाख। नेकपा एमाले बडीमालिका नगर कमिटीले चुनावी घरदैलो अभियान सुरु गरेको छ । निर्वाचन आयोगले जारी गरेको उम्मेदवारी फिर्ता अवधी सकिए लगत्तै टोल बस्तीमा घरदैलो सुरु गरिएको नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

नौ वटै वडाका अध्यक्ष सहीतका उम्मेदवारहरु वडा केन्द्रीत गरिएको र नगर प्रमुख उपपप्रमुखका उम्मेदवारहरु प्रत्येक टोल बस्तीमा मतदातासँग भेटघाटमा व्यस्त देखिएका छन् । एमालेबाट नगर प्रमुखका उम्मेदवार अमर खड्का र उपप्रमुखका उम्मेदवार नन्दा थापा सहीतको टोली घरदैलोमा निस्कीएको छ ।

पहिलो स्थानीय तह निर्वाचनमा जनौ मध्ये पाँच वटा वडामा जितेर पनि नगर प्रमुख उपप्रमुख गुमाएको एमालेले यो पटक विरासत फर्काउने गरि मैदानमा उत्रिएको छ । वडाको संख्या बढाउने र नगर प्रमुख उपप्रमुख जित्ने रणनीतिका साथ चुनावी प्रचार अघि बढाएको नेताहरुले बताएका छन् ।

विज्ञापन

बडीमालिका नगरपालिका ४ रिलाबाट चुनावी घरदैलो सुरु गरेको एमालेले आज ५ नम्मर वडाको मना र भोली ६ को काेर्धमा घरदैलो कार्यक्रम गर्ने बताएकाे छ । पत्रकारिताबाट राजनीतिक जीवन सुरु गरेका दुबै जनालाई सामाजिक रुपमा स्वच्छ र प्रभावी छवी भएका नेताहरुको रुपमा परिचित छन् ।

मत माग्न घर पुगेका अमर र नन्दा दुबै जनालाई मतदाताले भव्य स्वागत गरेका छन् । पढेलेखेका योग्य र नगर बनाउने सपना भएको नेतृत्वलाई जिताउन आफूहरु तयार रहेको वचन समेत मतदाताले दिएका छन् । घरमा पुग्दा न्यानो आतिथ्यता सहीत अविर मालाले स्वागत समेत गर्ने गरेका छन् ।

एमाले प्रतिको देश व्यापी आकर्षण र बडीमालिकामा काँग्रेसको नेतृत्वको सरकार हुँदाको जनताले पाएको सास्ती र विभेदका विरुद्धमा पनि नयाँ अनुहार ल्याउने आफूहरुको धोको पुरा गर्ने मतदाताहरुको प्रतिक्रिया छ ।

एमाले वृद्धवृद्धाको साहरा र विकासको मुहान पार्टी हो, भन्ने जानकारी नै छ, त्यसैमा घरमै मतका लागि आउँदा झनै खुसी लाग्यो एक वृद्धाले उम्मेदवारसँग भन्नु भयो । अमर खड्का सहकारी आन्दोलनका अभियान्त र विकास योजनामा राम्रो ज्ञान राख्ने युवा नेता हुन्, भने थापा समाजको समस्यालाई राम्ररी बुझेकी योग्य उम्मेदवार हुन् ।

एमालेले बडीमालिका ४ रिला पछि ५ मना, ६ कोध हुँदै आफ्नो प्रचार अभियान जारी राख्ने भएको छ । ठुला कार्यक्रम नगर्ने लक्ष्यमा रहेको एमालेले मतदाताका कुरा सुन्ने र आफ्ना एजेण्डा र विकास नीति सुनाउने काम गरिरहेको छ । बडीमालिकामा एमाले प्रति बढेको युवा लहरले विपक्षी दल भने नगरमा चुनाव हारिने डरमा रहेको देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार